•  ३ आश्विन २०८१, बिहीबार
  •  9:41:37 PM

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, झाँक्रीले पाइन् ११२ मत

- भाद्र १२, २०८१ मा प्रकाशित



इटहरी । एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मत गणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपाल निटक निर्वाचित भएका छन् । नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । मत गणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर