•  ३ आश्विन २०८१, बिहीबार
  •  10:08:39 PM

डेराबाट हराइरहेका बालक फेवातालमा मृत्त भेटिए

- भाद्र ८, २०८१ मा प्रकाशित



पोखरा । पोखराको फेवातालमा शुक्रबार एक डुबेको अवस्थामा मृत्त भेटिएका छन् । मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका–२, थापाठाना घर भई हाल पोखरा–७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव छन् ।

बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेरा कोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । घर परिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए ।

साथीहरूसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले साढे ४ बजे डुबेको अवस्थामा फेला पारेको थियो । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर