•  ३ आश्विन २०८१, बिहीबार
  •  3:37:43 AM

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : महामन्त्रीद्वयको प्रस्तावले राजनीति तरङ्गित

- भाद्र ७, २०८१ मा प्रकाशित



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुने जनाइएको छ । साउन २८ गते स्थगित भएको बैठक आज पुनः बस्न लागेको पार्टी कार्यालयले जनाएको छ । 

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । आजको बैठक त्यहिबाट सुरु हुने जनाइएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै बनेको छ ।

गगनको चुनावी गठबन्धन गर्न नहुने  र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ ।

Comments

सम्बन्धित खवर