•  ३ आश्विन २०८१, बिहीबार
  •  3:26:20 AM

सिधा कुराको ‘फेक अडियो’ प्रकरणका अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

- भाद्र ६, २०८१ मा प्रकाशित



काठमाडौं । सिधा कुराले प्रशारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए । तिमल्सिनाले बनाएको अडियोलाई सिधा कुरा अनलाइनले प्रशारण गरेको थियो ।

सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको अभियोगमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन सीधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना थिए ।

कँडेल र ढुंगाना भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । फरार रहेका तिमल्सिनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ‘डार्क फाइल’ नाम दिएर प्रशारण गरिएको अडियो फेक भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले उनीहरूबाट कसुर भएको अभियोगसहित सरकारी वकिलको कार्यालयमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन पेस भएको थियो ।

Comments

सम्बन्धित खवर