रोनाल्डोले खोले युट्युब च्यानल, ११ घण्टामै ९.७४ मिलियन सब्स्क्राइबर
- भाद्र ६, २०८१ मा प्रकाशित
एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो युट्युबमा आएका छन् । रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल UR Cristiano सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । सामाजिक सञ्जालमा विश्वमै सबैभन्दा बढी फलोअर भएका रोनाल्डो अहिलेसम्म युट्युबमा आधिकारिक रूपमा आएका थिएनन् । युट्युबमा उनले केही भिडियो समेत शेयर गरेका छन् ।
उनले युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । युट्युब च्यानल खोलेको ११ घण्टामै ९.७४ मिलियनले रोनाल्डोको च्यानललाई सब्सक्राइब गरेका छन् । रोनाल्डोको सामाजिक सञ्जाल एक्समा ११२.५ मिलियन, फेसबुकमा १७० मिलियन तथा इन्स्टाग्राममा ६३६ मिलियन फलोअर रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments