चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना
- भाद्र ४, २०८१ मा प्रकाशित
इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुरको डण्डामा ९०, मकवानपुरको रजैयामा ८५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
त्यस्तै डडेलधुरा, कैलाली, दैलेख, कास्की, बाग्लुङ, रुपन्देही, तनहुँ, चितवन , सिन्धुपाल्चोक, ललितपुर, काठमाण्डौ, भक्तपुर, झापा, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, खोटाङ, दोलखा लगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले आज बिहान १० बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पर्ने बबई नदी र यसका सहायक नदीहरुमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments