•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:46:46 AM

कृषि एक्सपाे २०८१ काे तयारी तिब्र , काेशी प्रदेशका स्थानीय तह संगकाे छलफल सकियाे , यस्ता छन विशेष्ता

- भाद्र २, २०८१ मा प्रकाशित



इटहरी ।आगामी भदाै २७ गते देखि ३० गते सम्म हुने  कृषि एक्स्पो २०८१ काे तयारी तीब्र बनाइएकाे छ ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका स्थित कृषि थोक बजारमा कृषि एक्स्पो हुने भएको हो ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक कोशी प्रदेशमा आयोजना गर्न लागिएको बताए ।  राउतका अनुसार एक्स्पो प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, संघीय सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा आयोजना हुन लागेको हो ।

एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुने जनाइएकाे छ । एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम तय गरिएकाे छ ।

उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषक र कृषि उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको जानकारी दिँदै जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरिएको अध्यक्ष राउतले वताए ।

कृषि एक्स्पोको प्रचार प्रसार गर्ने क्रममा महासंघका अध्यक्ष राउतको नेतृत्वमा  टोली झापा, इलाम,सुनसरी, पाँचथर र ताप्लेजुङका स्थानीय निकाय, उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघसँग छलफल गर्न व्यस्त छ ।

एक्सपाेमा के छ विशेषता ? 

कृषि कोशी प्रदेशको अर्थतन्त्रको मुख्य स्तम्भ हो । कृषि क्षेत्रले कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा ३३ प्रतिशत योगदान गर्दै आएको छ । त्यसबाहेक कृषिमा आधारित प्रशोधन उद्योग र कृषि उत्पादनको व्यापारले उद्योग र सेवातर्फको गार्हस्थ्य उत्पादनमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेकाले समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको प्रत्यक्ष रपरोक्ष गरी ४० प्रतिशत भन्दा धेरै योगदान रहेको अनुमान छ ।

अध्ययन अनुसार कृषि अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने उत्पादन धान हो । तरकारी, आलु, मकै, अलँैची, अदुवा, तेलहन त्यसपछिका प्रमुख बाली हुन् । दुग्ध उत्पादन, खसी बाख्राको मासु र बंगुरको मासु कोशी प्रदेशमा पशुपालनतर्फका प्रमुख उत्पादन हुन् । गाईपालन, बाख्रापालन र बंगुरपालनका लागि सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, भोजपुर, खोटाङ जिल्ला यस प्रदेशका प्रमुख जिल्ला हुन् ।

यस प्रदेशमा रहेका प्रमुख कृषि बालीमा चिया, अलैँची, धान, मकै, गहुँ, आलु, कोदो आदि हुन् । तरकारी र फलफुल पनि यो प्रदेशका प्रमुख बालीका रुपमा रहेका छन् । बाख्रापालन, दुग्ध उत्पादन र बंगुरपालन यहाँका प्रमुख पशुपालनका विकल्प हुन् । तराईको भूमि ऊर्वर रहेको छ । तराई र भित्री मधेसका जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुर धान, गहुँ, तरकारी,उखु, मकै, आलु जस्ता उत्पादनका लागि महत्वपूर्ण छन् । अदुवा, अलैँची, चिया, अम्रिसो आदि यो प्रदेशका पहाडी जिल्लामा हुने प्रमुख उत्पादन हुन् । सुन्तला, जुनार र कागती पहाडका प्रमुख फलपूmल हुन् भने केरा, आँप र लिची तराईमा उत्पादन हुने प्रमुख फलपूmल हुन् । किवी, एभोकाडो खेती पहाडी जिल्लामा विस्तार भइरहेको छ । झापा सुपारीका लागि प्रख्यात छ ।

छुर्पी इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा प्रमुख रुपमा उत्पादन हुने गरेको छ । अलैँची यहाँको प्रमुख निर्यात बाली हो । अम्रिसो, अदुवा कन्दा र मुला जस्ता तरकारी पनि भारत निर्यात हुने गरेको छ । छुर्पी अमेरिका लगायतका देशमा निर्यात भइरहेको र यसको बाह्य व्यापार निरन्तर बढिरहेको अवस्था छ ।

Comments

सम्बन्धित खवर