•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:50:32 AM

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि

- भाद्र २, २०८१ मा प्रकाशित



इटहरी । ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार अबेर सकिएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

विजेतालाई हिमालय टीभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरे ।जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।

तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो । फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो । फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो । यो जानकारी दिन होस्ट सुशील नेपाल आफै मञ्चमा उक्लिएका थिए ।

Comments

सम्बन्धित खवर