•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:22:16 AM

अमेरिकाले नेपाललाई हेलिकोप्टर दिने

- भाद्र १, २०८१ मा प्रकाशित



काठमाडाैं । संयुक्त राज्य अमेरिकाले विपद प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो । यस पटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको उनले बताएका हुन् । सैनिक स्रोतका अनुसार, अमेरिकाले वैदेशिक सहायता शीर्षकमा यो सहयोग गर्न लागेको हो । रिचार्डले नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित विपक्षी दलका नेताहरुसँग समेत भेट गरेका थिए ।

उनले नेपाल भ्रमणका क्रममा एमसीसी परियोजनाको उपलब्धिबारे एनसीसी परियोजना कार्यान्वयन गर्ने नेपालस्थित कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेका थिए । एमसीसीमा भएको छोटो बैठकमा परियोजनाको प्रगति र चुनौतीका विषयमा छलफल गरेका थिए । काठमाडौंमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माको नेपाल भ्रमण सफल भएको अमेरिकी दूतावासले जनाएको छ । नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री वर्मा साँझ नयाँ दिल्ली गएका छन् ।

Comments

सम्बन्धित खवर