•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:44:39 AM

इटहरी शान्तिनगर स्कुलका विद्यार्थीहरुले गरे माया घरकाे अवलाेकन

- श्रावण ३२, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीकाे इटहरी २ स्थित शान्तिनगर इङ्ग्लिस स्कुलका विद्यार्थीहरुले माया घर नेपाल केन्द्रीय कार्यालय इटहरीकाे अवलाेकन गरेका छन । बिद्यार्थिहरूले माया घरकाे वर्तमान अवस्था , भाेग्दै आएकाे समस्या ,चुनाैतीबारे बुजेका थिए ।बिद्यार्थीहरूलाइ किताबकाे ज्ञान संगै ब्यवहारीक शिक्षा प्रदान गर्न एक दिन भएपनि बिद्यालय भन्दा बाहिर लगेर बाहिरी ज्ञान सामाजिक परिवेस बारे जानकारी गरायएकाे स्कुलका संचालक बाबुराम खड्काले जानकारी दिए ।

आफु भन्दा ठुलालाइ आदर सम्म्ान , सानालाइ माया गर्ने संस्कारकाे विकास तथा परम्परालाइ यथावत राख्दै भविस्यमा थप ज्ञान प्राप्त हाेस भन्ने उद्येश्यकासाथ बिद्यार्थीहरूलाइ एक दिने अवलाेकन गराइएकाे स्कुलका सञ्चालक खडकाले बताए । स्कुलका कक्षा ९ र १० का बिद्यार्थीले मायाघरकाे अवलाेकन संगै त्यहा आश्रीत बृद्धाहरूसंग केहि समय भलाकुसारी पनि गरेका थिए । बिद्यार्थीहरूले उमेर हुदै र पाका भएका मानिसहरू कसरी याे अवस्थामा आइपुगे भन्ने जिज्ञासा सहितकाे प्रश्न राखेका थिए । बिद्यार्थीहरूकाे प्रश्नमा माया घरक नेपालकी अध्यष सुभद्रा प्याकुरेलले जवाफ दिएकि थिइन । उनले उमेर ढल्दै गएपछि परिवारबाट साथ नपाउदा बेसहारा हुदा याे स्थिती आएकाे बिद्यार्थीहरूलाइ सुझाएकि थिइन ।

हाल माया घरमा १४६ जना बढीले आश्रय लिदै आएकाे अध्यक्ष प्याकुरेलले जानकारी दिइन । बिद्यार्थीहरूले पनि बिद्यालय बाहिर यस्ता सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूकाे बारे अवलाेकन गर्नु नयाँ अभ्यास रहेकाे सुनाएका थिए ।

Comments

सम्बन्धित खवर