•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:40:00 AM

इटहरीकाे माया घरमा जब न्याय सेवाका अधिकृतहरु पसे….(तस्विरहरू)

- श्रावण ३२, २०८१ मा प्रकाशित



इटहरी ।  न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्तिकाे तेस्रो बार्षिकोत्सवको अवसर पारेर इटहरी स्थित माया घर नेपालमा रू १५,५५५(पन्ध्र हजार ५५५रूपैया) आर्थिक सहयोग गरेका छन । माया घरमा आश्रीतहरूलाइ भवन निर्माणका लागि साे रहकम सहयाेग गरिएकाे हाे ।

साेहि अवसर पारेर अधिकृतहरूले आश्रीतहरूलाइ दिवा खाजा पनि खुवाएका छन । उक्त कार्यक्रममा न्याय सेवाका न्याय, कानून र सरकारी वकील गरी ३ वटै समुहका २३७ मध्ये कोशी प्रदेश, मधेश प्रदेश र केही काठमाडौंका अधिकृतहरुले प्रति व्यक्ति रु.१०००/- संकलन गरी आश्रमलाई सहयोग गरेका थिए ।

न्याय सेवा अधिकृत २०७८ को समुहले पहिलो बार्षिकोत्सवमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको र दोस्रो बार्षिकोत्सवमा मानव सेवा आश्रममा काठमाडौंमा एक छाक खान खुवाइएकाे उच्च अदालत विराटनगरका शाखा अधिकृत श्री रमेश खतिवडाले जानकारी दिए ।

वार्षिक उत्सवकाे अवसरमा केक काट्दै रमाइलाे गरेर फजुल खर्च गर्नु भन्दा सामाजिक उत्तरदायि अन्तरगत समाजमा उदाहरणीय काम गर्ने संस्थाहरूलाइ सके जति सहयाेग गर्नु भलाे हुन्छ भन्ने साेचेर माया घरलाइ सानाे सहयाेग प्रदान गरेकाे र आगामी दिनमा अझ सहयाेग जुटाउने प्रतिवद्धता जाहेर गरिएकाे उच्च अदालत विराटनगरका शाखा अधिकृत श्री रमेश खतिवडाले बताए ।

सामाजिक ब्याक्तित्वहरूले बुझेर यसरी सहयाेग रकम प्रदान गरेकाेमा न्याय सेवाका अधिकृतहरु प्रति मायाघरकि अध्यक्ष सुभद्रा प्याकुरेलले आभार ब्यक्त गरिन । दाताहरू नभए माया घर त्यसैपनि टुहुराे हुने बताउदै हाल १४६ जनाले अाश्रय लिदै आएकाे बताइन ।

Comments

सम्बन्धित खवर