•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:29:58 AM

सिमलताल दुर्घटनाको एक महिना : हराएको हराएकै भए ४० यात्रु

- श्रावण २८, २०८१ मा प्रकाशित



काठमाडौं । नारयणगढ–मुग्लिन सडकअन्तर्गत सिमललात पहिरोमा परी दुई वटा बस र त्यसका यात्रुहरू त्रिशूलीमा बेपता भएको आज सोमबार एक महिना पूरा भएको छ ।

असार २८ गते बिहान साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए । केही यात्रुको शव भेटिए पनि बस र ठूलो संख्याका यात्रुको अवस्था अज्ञात छ । दुईमध्ये एउटा बसका तीन जना यात्रुले आफैं पौडेर ज्यान जोगाएका थिए । दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए । खोजीका क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रमा २५ वटा शव भेटिए ।

दुर्घटनास्थलभन्दा १०७ किलोमिटर तल पनि शव भेटिएका थिए । भेटिएकामध्ये १९ वटा शव मात्रै दुर्घटनामा परेका बसका यात्रु भएको पुष्टि भएको छ । दुई बसमा ६२ जना यात्रु थिए । अर्थात् ४० जना यात्रुको अवस्था अझै अज्ञात छ ।

दुर्घटनामा परेकामध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बसमा ३६ जना र वीगञ्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बसमा २६ जना करी कुल ६२ जना यात्रु थिए ।

हराएका बस र यात्रु खोज्न भारतबाट समेत गोताखोरकोे टोली बोलाइएको थियो । तर उनीहरुले पनि केही भेट्टाउन सकेनन् । भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको प्रशासनले बताएको थियो । यद्यपी नेपाली सुरक्षाकर्मीको टोलीले अहिले पनि दोस्रो चरणको खोजी जारी राखेको छ ।

Comments

सम्बन्धित खवर