•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:37:01 AM

सुन्दरहरैंचामा श्रीमतीकाे हत्या गरी फरार श्रिमान पक्राउ

- श्रावण २८, २०८१ मा प्रकाशित



इटहरी । श्रीमतीको हत्या गर्ने एक प्रौढ पक्राउ परेका छन् । आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका(१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित खवर