•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:27:57 AM

अमेरिका पठाई दिन्छु भन्दै २१ बर्षीया लक्ष्मीले ठगिन् ५४ लाख

- श्रावण २६, २०८१ मा प्रकाशित



काठमाडौं । अमेरिका पठाई दिने भन्दै ठूलो रकम ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छिन् ।

अर्घाखाँचीको पाणीनी गाउँपालिका–७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

अमेरिकामा मासिक दुई लाख तलव हुने जागिर मिलाई दिन्छु भनेर पीडितहसँग रकम उठाएपछि उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

Comments

सम्बन्धित खवर