•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:22:26 AM

सुन्दरीजल घुम्न गएका युवक घट्टेखोलामा मृत भेटिए

- श्रावण २५, २०८१ मा प्रकाशित



काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र सुन्दरीजल घुम्न गएका एक युवक घट्टेखोलामा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–३२ काँडाघारी पेप्सीकोलाका २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन् । उनी बिहीबार साँझदेखि बेपत्ता थिए ।

साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा उनको शव शुक्रबार बिहान भेटिएको प्रहरीले जनाएको छ । उनी आफै खोलामा खसेका थिए वा अरु कसैले धकेलिदिएको हो भन्नेबारे अनुसन्धान भइरहेका प्रहरीको भनाइ छ ।

Comments

सम्बन्धित खवर