•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:53:04 AM

इटहरीमा आधारभूत लेखा प्रणाली सम्बन्धि ३ (तीन) दिने तालिम सुरू (तस्विरहरू)

- श्रावण २१, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीमा रहेका विभिन्न सरकारी एवम् गैर सरकारी कार्यालयहरूमा कार्यरत प्रतिनिधि एवम् सङ्घ संस्थाका प्रतिनिधिहरूलाई लक्षित गर्दै आधारभूत लेखा प्रणाली सम्बन्धी ३ (तीन) दिने तालिम सुरु भएको छ ।

डेभलपमेन्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रा.ली.को आयोजना तथा हलेसी महादेव मिडिया प्रा.ली.को संयोजनमा इटहरी उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका सङ्घ/संस्थाका प्रतिनिधिलाई आधारभूत लेखा प्रणाली सम्बन्धी ३ (तीन) दिने तालिम  सुरु भएको हो ।

तालिममा आफ्नो कार्यालय वा संस्थाको लेखा प्रणालीलाई कसरी बलियो बनाउन सकिन्छ वा सुदृढ गर्न सकिन्छ भन्ने विषमा अध्ययन एवम् जानकारी गराइने डेभलपमेन्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रा.ली.  कि निर्देशक विजया प्याकुरेलले बताइन । तालिम इटहरीको हाेटल इन्टुरिस्टमा सञ्चालन भइरहेको छ ।

सोमबार बाट सुरु भएको तालिम बुधवार समापन हुने जनाइएको छ । तालिमको पहिलो दिन ४० भन्दा बढीको सहभागिता छ । तालिममा विभिन्न सहकारीका प्रतिनिधि , प्रहरी प्रतिनिधि , सरकारी तथा गैर सरकारी कार्यालय , सामाजिक सङ्घ संस्थाका प्रतिनिधि लगायत बिद्यार्थिहरूकाे पनि सहभागिता रहेको छ ।

पहिलो दिन लेखा परीक्षण गराउँदा ध्यान दिनुपर्ने कुरा , कानुनी जटिलता र यसको उपयोग गर्ने विधि बारे प्रशिक्षण प्रदान गरिएको छ । डेभलपमेन्ट कन्सल्टेन्सी एन्ड रिसर्च सेन्टर प्रा.ली.को प्रमुख सुभद्रा प्याकुरेलको अध्यक्षतामा सुरु भएको तालिमलाई इटहरीका कृष्णप्रसाद भट्टराइले प्रशिक्षण दिइरहेका छन् ।

 

Comments

सम्बन्धित खवर