•  ३ आश्विन २०८१, बिहीबार
  •  3:35:47 AM

नेकपा एसले बनायो ३४३ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी

- श्रावण १८, २०८१ मा प्रकाशित



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ । आकांक्षी धेरै भएपछि ३४३ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी बनाएको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ ।

यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गर्ने तयारी छ ।

Comments

सम्बन्धित खवर