•  ३ आश्विन २०८१, बिहीबार
  •  9:51:37 PM

जुम्लामा सुत्केरी र १९ वर्षीया युवतीको निसासिएर मृत्यु, ११ दिनकाे शिशु गम्भीर

- श्रावण ८, २०८१ मा प्रकाशित



जुम्ला । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको ज्यान गएको छ । जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन् । निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा  दिदीबहिनी निसास्सिएका हुन् । धुवाँमा निसास्सिएका ११ दिनका शिशुको अवस्थासमेत गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Comments

सम्बन्धित खवर