•  ३ आश्विन २०८१, बिहीबार
  •  10:18:20 PM

आफूलाई प्रहरी भन्दै रकम माग्ने युवक पक्राउ

- श्रावण ८, २०८१ मा प्रकाशित



पर्वत । आफूलाई प्रहरी भन्दै धम्की दिएर रकम माग्ने कास्कीका युवक पक्राउ परेका छन्। ‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने बताउने पोखरा महानगरपालिका-१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ परेका हुन्।

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको सूचना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई कास्कीकै लामाचौरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुजितका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।

Comments

सम्बन्धित खवर