•  ३ आश्विन २०८१, बिहीबार
  •  10:22:21 PM

संसद बैठक बस्दै : सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिंदै

- श्रावण ८, २०८१ मा प्रकाशित



इटहरी । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदले गरेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । त्यसस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

त्यस्तै स्वास्थ्य तथ जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान  एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै सांसद प्रतिमा गौतमले ‘डेङ्गीको प्रकोप तीव्र रुपमा देशभर फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकोले डेङ्गीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनिकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले’ भन्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, सपना राजभण्डारी, सीता मिाजर र लिलादेवी बोखिमले समर्थन गर्नेछिन् ।

Comments

सम्बन्धित खवर