•  ३ आश्विन २०८१, बिहीबार
  •  3:37:01 AM

आजकाे माैसम : काेशीमा दिउसाे हल्का वर्षाकाे सम्भावना : अन्य प्रदेशमा के छ अवस्था ?

- श्रावण ८, २०८१ मा प्रकाशित



इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि रातिदेखि नै वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार (मंगलबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Comments

सम्बन्धित खवर