•  ३ आश्विन २०८१, बिहीबार
  •  3:39:43 AM

भारतमा ‘शत्रु’ नाटक प्रदर्शन गरि फर्किदै कलालय इटहरीका कलाकार

- श्रावण ७, २०८१ मा प्रकाशित



इटहरी ।  ‘नवौँ कनक रोय अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा सहभागी जनाउन गत शनिबार भारतकाे कलकत्ता स्थित कल्याणनगर प्रस्थान गरेकाे इटहरीस्थित कलालयका कलाकर्मीहरूले ६ गते अाइतबार ‘शत्रु’ नाटक प्रदर्शन गरि नेपाल फर्कने तयारी थालेका छन ।

यसअघि कलकत्ताकै श्यामनगर र कृष्णनगरमा नाटक ‘हिरासत’ र ‘शत्रु’ प्रस्तुत गरेको टिमले यसपटक कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गरि फर्कने तयारी भइरहेकाे  कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।

महाेत्सवमा नेपाल सहित भारत , बङ्ग्लादेश  लगायतका देशहरूबाट कलाकर्मीहरूकाे पनि ब्यापक सहभागिता रहेकाे थियाे ।प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (वीपी)को कथा शत्रुलाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको हो ।

नाट्यकर्मी प्रज्वल पराजुलीद्धारा निर्देशित उक्त नाटकलाई इटहरीसहित विभिन्न क्षेत्रका दर्शकहरूले रुचाएका थिए ।नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन् ।

Comments

सम्बन्धित खवर