•  ३ आश्विन २०८१, बिहीबार
  •  3:23:08 AM

सर्वोच्चमा प्रहरीसँग कुटाकुट गर्ने महिला पक्राउ

- श्रावण ७, २०८१ मा प्रकाशित



इटहरी । सर्वोच्च अदालत परिसरभित्र प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले कपिलवस्तु घर भएकी लुना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनी मुद्दाको वारेस बनेर सर्वोच्च प्रवेश गर्ने क्रममा विवाद भएको थियो। विवाद चर्कंदै गएपछि प्रहरीले चौधरीसँग कानुन व्यवसायीको प्रमाणपत्र खोजेको थियो।सो क्रममा उनले प्रमाणपत्र देखाउन नसकेपछि प्रहरीसँग झगडा भएको थियो।

उनीमाथि अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले चौधरीलाई महानगरिय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

Comments

सम्बन्धित खवर