•  ३ आश्विन २०८१, बिहीबार
  •  3:56:07 AM

भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ

- श्रावण ७, २०८१ मा प्रकाशित



भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो।

आयोगको हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई  एक लाख ५० हजार नगद र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरिएको जानकारी दिए।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो। अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको आरोप छ।

Comments

सम्बन्धित खवर