प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने , कुन-कुन दलले दिँदैछन् विश्वासको मत?
- श्रावण ६, २०८१ मा प्रकाशित
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्।आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए। प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो।
प्रधानमन्त्रीले आज संसदबाट झण्डै दुई तिहाइ मत पाउने सम्भावना रहेकाे एमाले प्रमुख सचेतक महेश बर्तौलाले दाबी गरे। उनलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्। ‘दुई स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ,’ उनले भने, ‘प्रधानमन्त्रीले झण्डै १९० को हाराहारीमा मत पाउनु हुन्छ। केही दलसँग हामी विश्वासकाे मतकाे लागि छलफलमै छाैँ।’
उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायत दलले मतदान गर्ने तयारी गरेका छन्। आज ओलीले कांग्रेसका ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमतका पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकाे ५, लोसपाकाे ४, नागरिक उन्मुक्ति पार्टीकाे ४, स्वतन्त्र २ गरी १९४ मत पाउने सम्भावना छ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments