•  ३ आश्विन २०८१, बिहीबार
  •  3:49:04 AM

हिंसा चर्केपछि बंगलादेशमा बढ्यो असुरक्षा, फर्किन थाले नेपाली विद्यार्थी

- श्रावण ६, २०८१ मा प्रकाशित



काठमाडाैं । सरकारी जागिरमा आरक्षणको विरोधमा बंगलादेशमा भड्किएको विद्यार्थीको प्रदर्शन हिंसात्मक आन्दोलनमा रुपान्तरित हुँदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी स्वदेश फर्किन शुरु गरेका छन् ।

मेडिकल लगायत विषयमा अध्ययन गर्न बंगलादेश गएका नेपाली विद्यार्थी त्यहाँको पछिल्लो प्रदर्शनले वातावरण असुरक्षित बनेपछि नेपाल फर्किन लागेका थालेका हुन् । स्थलगत मार्ग हुँदै उनीहरू नेपाल आउन थालेका छन् ।
स्थलमार्ग हुँदै नेपालको पूर्वी नाकामार्फत उनीहरू नेपाल फर्किन थालेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले बंगलादेशबाट स्थलमार्ग हुँदै फर्किन लागेका विद्यार्थीलाई सहजीकरण गरिदिन ढाकास्थित नेपाली दूतावासले अनुरोध गरेको जनाए ।

भारतीय भूमि हुँदै नेपाल आउने विद्यार्थीलाई भारत छिर्न भारतले पनि सहयोग गरिरहेको  बताएको छ । अहिलेसम्म बंगलादेश रहेका ९६८ भारतीय विद्यार्थी स्वदेश फर्किसकेका छन् । त्यसक्रममा ‘नेपाल र भुटानका विद्यार्थीलाई पनि अनुरोधमा भारत छिर्न सहयोग गरिएको’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

कति नेपाली विद्यार्थी स्वदेश फर्किन लागेका हुन भन्नेबारे भने एकिन जानकारी भने आफूहरुसँग नरहेको उनले बताएका छन् ।  आरक्षण विरोधी विद्यार्थीको प्रदर्शनमाथि सरकारले दमन गर्दा अहिलेसम्म १०५ जनाको ज्यान गईसकेको छ भने करिब १५ सय विद्यार्थी घाइते भएका छन् । सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।

Comments

सम्बन्धित खवर