•  ४ आश्विन २०८१, शुक्रबार
  •  6:37:47 AM

काटिएका उद्योगको बिजुली आजै जोडिदिन कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन

- श्रावण ४, २०८१ मा प्रकाशित



इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोडिदिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

आज (शुक्रबार) उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामुहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीको निर्देशनपछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएको स्रोतले जानकारी दिएको छ । सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् चालु हुने समेत बताइएको छ । महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुगिने प्रधानमन्त्री ओलीले बताएको स्रोतले जनाएको छ ।

प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरू अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरू सहभागी थिए ।

Comments

सम्बन्धित खवर