•  ३ आश्विन २०८१, बिहीबार
  •  5:39:22 AM

इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम

- श्रावण ३, २०८१ मा प्रकाशित



इटहरी ।  समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले इटहरीमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रगतिशिल उपयोग तत्वहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।महिला सञ्जाल इटहरीको आयोजनामा बुधबार इटहरीमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा भारतीय अर्थविद्  राजेश सिंहले  सो अभियानको बारेमा सहजिकरण गरेका थिए । समाजका सबै व्यक्तीलाई आर्थिक रुपमा सवल बनाउनका लागि समानता भन्दा पनि समताको विषयमा जोड दिन सके समाजमा सबै सवल हुने भन्दै उनले त्यसको लागि राज्य नै अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समन्वय हलेसी महादेव मिडिया प्रा.लि.ले गरेको थियो भने अमुर्त सुनसरी इटहरी ५ र इन्टरनेशनल व्युटिसियन एकेडेमी इटहरी ४ सह आयोजकको भूमिकामा सो कार्यक्रम भएको हो । सञ्जालकी अध्यक्ष योशा गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल, एडुटेक कलेज इटहरीकी अध्यापक दर्शना सापकोटा लगायतले भनाई राखका थिए ।

कार्यक्रमको संयोजन हलेसी महादेव मिडिया प्रा.लि.की डाइरेक्टर एवम् महिला सञ्जाल इटहरीकी कार्यसमिति सदस्य विजया प्याकुरेलले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण विराट मेडिकल कलेजकी डाक्टर एवम् अमुर्त सुनसरी इटहरी ५ की अध्यक्ष डा. तारा काफ्लेले गरेकी थिइन् । ७० जना सहभागीहरुको उपस्थिति रहेको उतm कार्यक्रमका लागि  पुर्वान्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एम के स्टोर्स  इटहरीको सहयोगमा सम्पन्न गरिएको संस्थाकी सहसचिव गोमा गिरीले जानकारी दिइन् ।

Comments

सम्बन्धित खवर