•  ३ आश्विन २०८१, बिहीबार
  •  4:09:54 AM

दुई हजार पाँच सयभन्दा बढी नेता कार्यकर्ता मन्त्रीलाई बधाई दिन सिंहदरबार छिरेपछि…

- श्रावण २, २०८१ मा प्रकाशित



काठमाडौँ । नियमित प्रवेश गर्ने कर्मचारीबाहेक मंगलबार मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिनका लागि पास लिएर सिंहदरबार जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रहेको छ ।

सार्वजनिक बिदाका दिनबाहेक अरू दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा मंगलबार दुई हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरूमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ ।

Comments

सम्बन्धित खवर