•  ३ आश्विन २०८१, बिहीबार
  •  3:54:09 AM

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

- श्रावण १, २०८१ मा प्रकाशित



कालीकोट । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन् । खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेको र २० वटा भेडा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए ।

‘प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्’, उनले भने, ‘स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते हुनु भएको छ ।’ वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन् ।

Comments

सम्बन्धित खवर