•  ३ आश्विन २०८१, बिहीबार
  •  3:20:39 AM

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, अर्का एक घाइते

- श्रावण १, २०८१ मा प्रकाशित



बर्दिया । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही वडामा पर्ने सुजनपुरका २५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

घाइते थारुको हात भाँचिएको छ। उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको हो ।

Comments

सम्बन्धित खवर