•  ३ आश्विन २०८१, बिहीबार
  •  3:42:06 AM

ओली सरकारको निर्णय : इतिहासमा पहिलो पटक महिलालाई प्रशासन क्षेत्रको कार्यकारी अधिकार

- असार ३१, २०८१ मा प्रकाशित



लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी

इटहरी । सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । नेपालको इतिहासमा प्रशासन क्षेत्रमा पहिलो पटक महिलालाई कार्यकारी अधिकार दिइएको हो ।

सोमबार बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनी २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी हुन् ।

मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्वतः पदबाट निलम्बित भएपछि निमित्त मुख्यसचिवको रुपमा गौड्तौला कार्यरत थिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य अर्यालको राष्ट्रिय योजना आयोगमा सरूवा भएको छ । अर्याललाई जगेडामा राखिएको छ ।

Comments

सम्बन्धित खवर