•  ३ आश्विन २०८१, बिहीबार
  •  3:35:18 AM

लार्केखोलाको बाढीले झोलुङ्गे पुल बगायो

- असार ३१, २०८१ मा प्रकाशित



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्केखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।

लार्केखोलामा गए राति (आइतबार) आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुल तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए ।

बाढीले अहिलेसम्म मानवीय नभए पनि भौतिक क्षति धेरै गरेको छ जानकारी दिंदै तामाङले भने, ‘बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको छ ।’

Comments

सम्बन्धित खवर