•  १६ कार्तिक २०८१, शुक्रबार
  •  7:05:42 AM

इटहरीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू (तस्विरहरू)

- मंसिर ९, २०८० मा प्रकाशित



इटहरी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा शनिवार प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ । हिंसा विरुद्धका विभिन्न प्लेकार्ड सहित निस्किएको र्‍यालीले इटहरीको विभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा कोणसभा गरी अभियानको सुरुवात भएको उदघाेष गरिएको थियो ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा भएको प्रभात फेरीमा दुई दर्जन बढी सामाजिक सङ्घ संस्थाका प्रतिनिधि , सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी , सामाजिक ब्याक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूको बाक्लो उपस्थिति देखिएको थियो ।

प्रभात फेरीमा उपमहानगरका प्रमुख हेमकर्ण पौडेल , उपप्रमुख सङ्गीता चौधरी , इटहरी २० वटै वडाका वडाध्यक्ष , कर्मचारी लगायत अन्यको पनि उपस्थिति रहेको थियो । लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार , नारी सशक्तीकरण समानता र सहभागिता , लोकतान्त्रिक नेपालको मुख्य अत्यावश्यकता जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित निस्किएको र्‍यालीले उपमहानगरको प्राङ्गण हुँदै इटहरी चौक , हटिया लाइन , बिपी चौक र मुख्य चौकमा आएको कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै मेयर हेमकर्ण पौडेलले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रम १६ दिन मात्र नभै वर्ष भरी नै रहिरहने बताए । त्यस्तै उप प्रमुख सङ्गीता चौधरीले पनि जुनसुकै हिंसा विरुद्धको अभियान उपमहानगरमा वर्ष भरी सञ्चालन भइरहने बताइन ।

Comments

सम्बन्धित खवर