१९ वर्षमै याैन धन्धा , इटहरीकी निशा सहित दुई जना पक्राउ , उमेर हेरेर ५ हजार देखि १० हजार सम्मको मोलमोलाइ
- मंसिर ९, २०८० मा प्रकाशित
इटहरी । सम्बन्धित निकाय तथा सरोकारवालाहरूले चासो नराख्दा इटहरी भित्र अझै पनि खुलेआम यौन धन्दा हुने गरेको तथ्य बाहिरिएको छ । याैन धन्दामा संलग्न एक किशोरी सहित इटहरी प्रहरीले २ जनालाई पक्राउ गरी शनिवार सार्वजनिक गरेपछि यस्तो तथ्य बाहिरिएको हो । यो घटनाले इटहरी भित्र अझै पनि लुकीछिपी याैन धन्दा हुनेगरेकाे देखिएको छ ।
मोबाइल सम्पर्कबाट इटहरी बाहिरका किशोरीहरू बोलाई पुरुष ग्राहक सम्म खोजी गरी जिम्मा लाउने गरेको अनुसन्धानबाट देखिएको छ । प्रहरीले यस्तै घटनामा संलग्न इटहरी ६ कि २१ वर्षीय निशा कार्की र इटहरी ९ का कृष्ण हरी घिमिरेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निशाले बाहिरबाट युवती झिकाउने काम गरेकी छिन भने घिमिरेले ग्राहक खोजी गरी पठाउने गरेको प्रहरी भनाइ छ ।
उनीहरूले इटहरी बाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर रु ५ हजार देखि १० हजार सम्मको मोलमोलाइ हुनेगरेकाे प्रहरी भनाइ छ । इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी ६ कि निशा कार्कीले फोन मार्फत २ जना युवती झिकाएर केटा सँग पठाउन खोजेपछि शङ्कालागि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
दुवैजनालाइ एक रातको १० हजारका दरले कुरा फिक्स गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ । पक्राउ परेकी निशा र कृष्ण हरिलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments