अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप
- मंसिर ९, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखाै रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ । बचतकर्ताहरूले पटक पटक रकम फिर्ताकाे माग गर्दै प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय इनरुवामा दबाब मूलक कार्यक्रमहरू गर्दै आएका थिए ।
बचतकर्ताहरूकै समूहबाट दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए । सो कार्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पाँचै जनालाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अम्बे सहकारीलाई ५ हजार बढी बचतकर्ताहरूको ४२ करोड बढी रकम अपचलन गरेको आरोप छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments