घरभित्रै ‘नजरबन्द’मा परे दुर्गा प्रसाईं : गेट बाहिर प्रहरीकाे निगरानी
- मंसिर ८, २०८० मा प्रकाशित
काठमाडाैं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’मा परेका छन्। आज काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी घरबाट निस्कन नदिइएको हो। सामाजिक सद्भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप लगाउँदै उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो।
स्थानीय प्रशासनले रोक लगाउँदा लगाउँदै पनि प्रसाईं तीनकुनेमा कार्यक्रम गर्न जान लागेपछि प्रहरीले उनलाई घरबाट निस्कन नदिएको हो। यसपछि घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको बताए। ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’, उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो?’
‘म क्यान्सर सर्भाइभर हुँ। कति बाँच्छु मलाई नै थाहा छैन। प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ। हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ’, उनले भने, ‘हिजो जनतालाई गरेको वाचा पूरा भयो कि भएन? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दै छन्। उहाँहरूका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु। १७ हजार मरेका छन्। उनीहरूले के पाए?’
‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहुन्थ्यो। उहाँहरूको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ’, प्रसाईंले थपे, ‘पुलिसको यातना भोग्न पनि तयार छु।’तर आफ्नो अभियान नरोकिने जिकिर उनले गरे। ‘यो व्यवस्था परिवर्तन नहुञ्जेल’ आफ्नो आन्दोलन जारी रहने उनले बताए। ‘स्कुलहरू चलुन्, एम्बुलेन्सहरू चलुन्, पसलहरू बन्द गरिदिनुस्’, प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस्, म भाग्नेवाला छैन।’
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments