टिकटक प्रतिबन्धविरूद्धको रिट न्यायाधीश शर्माको इजलासमा
- मंसिर ५, २०८० मा प्रकाशित
काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटहमाथि आज (मंगलबार) बाट प्रारम्भिक सुनुवाइ हुँदैछ ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएपनि इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । सो रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो ।
सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, , प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् । अब सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ । सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा सर्वसाधारणले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments