•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:12:14 AM

बहस छाडेर आन्दोलनमा उत्रिए कानुन व्यवसायी, ललितपुरमा विरोध सभा

- असार १८, २०८० मा प्रकाशित



काठमाडौं । बहस छाडेर कानुन व्यवसायीहरु ललितपुर जिल्ला अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो ।

ललितपुर बार एशोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भइसकेका छन् ।

सोही घटनाको विरोधस्वरूप नेपाल बार एशोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।

Comments

सम्बन्धित खवर