•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:23:03 AM

अटो दुर्घटनामा चालकको मृत्यु

- असार १८, २०८० मा प्रकाशित



उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

सम्बन्धित खवर