सिरहाका राजमार्गमा ड्राेजर चल्दा व्यवसायीहरू क्राेधित : सडक बिस्तारमा अवराेध
- बैशाख १३, २०८० मा प्रकाशित
सिरहा । सिरहा–माडर–चोहर्वा सडकखण्ड चार लेनमा विस्तार गर्न सिरहा नगरपालिकाले डोजर लगाई मापदण्डविपरीत सडकमा पर्ने अतिक्रमित संरचना हटाउन सुरु गरेपछि सिरहाका व्यापारी आन्दोलित भएका छन् ।
सडक विस्तारको विरोध गर्दै व्यापारीले सिरहा बजारमा टायर बाली प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ सिरहाका महासचिव सत्यनारायण महतोले सडक विस्तारको विरोधमा बजार बन्द गरी प्रदर्शन गरिरहेको बताए । उनले पटक पटक व्यापारीको उठीबास हुने गरी बजार विस्तार नगर्न आग्रह गर्दै वैकल्पिक सडक निर्माण गर्न माग गर्दै आएको बताए ।
सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले अर्थतन्त्र खस्किएको बेला सडक विस्तारको नाउँमा निर्मित संरचना भत्काउनु अगावै नगरपालिकाले विकल्प सोच्नु जरुरी भए पनि हचुवा तालमा सडक विस्तार भइरहेको बताए । सिरहा नगरपालिकाले पटक पटक सडक खाली गराउन सूचना जारी गर्दा पनि व्यापारीले अटेरी गर्दै आएकाले कार्यपालिकाको निर्णयअनुसार सडक मापदण्डविपरीतका संरचना हटाउने काम भइरहेको नगर प्रमुख डा. नवीनकुमार यादवले बताए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments