इटहरी २ का एमाले उम्मेदवार कोइरालाको प्यानल घरघरमा मत माग्दै
- बैशाख २१, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका माधव कोइरालाले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।
कोइरालाको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिँद चुनाव चिन्ह सुर्यमा मतदान गरी उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरिरहेको छ ।
कोइरालाले निर्वाचित भएर आएमा वडामा नियमित सरसफाइ , कृषकलाई प्रोत्साहन , खेलकुद ,कला साहित्य लगायतका विद्यालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने योजनाको साथ आफ्नो उम्मेदवारी दिएको बताए । इटहरी २ को मुख्य समस्याका रुपमा रहेको डुवान र त्यसको वर्षेनि क्षेतिलाई न्युनिकरण र समाधान गर्नका लागी आफ्नो टिम निर्वाचित भएमा सबै समस्या समाधान गर्ने बताएका छन् । कोइरालाले इटहरीमा युवाको नेतृत्व पदमा आएमा भोलि वडा वा नगर देशकै नमुना हुने बताएका छन् ।
इटहरी २ मा रहेका धार्मिक स्थल , खेलकुद मैदान , शिक्षा र त्यसको आधुनिकिकरणलाई आफुले पहिलो स्थानमा राखेर काम गर्ने बताएका छन् । इटहरी अब्यबस्थित खोला तथा तथा त्यसको तटबन्धलाई समेत तिब्र बताउने उनले बताए । राजनिति एक फोहोरी खेल भन्नेहरुका लागी राजनिति एक समाज रुपमान्तरणको मुख आधार नै राजनिति हो भन्ने उदाहरण बनाउने उनको लक्ष्य रहेको छ ।
इटहरी २ नम्बर वडामा रहेका मुख्य पर्यटकिय क्षेत्रलाई देशब्यापि रुपमा चिनाउन र त्यसको मर्मतका लागी वर्षेनि बजेट छुट्याएर आकर्षण बनाउने , निम्न वर्गीय र आर्थिक अवस्था कमजोर भएका हरुको लागी शिक्षा स्वास्थ्यमा सौहुलियत रुपमा समान पहुचमा ल्याउने , सुकुम्बासी समस्यालाई समस्या नभएर समाधान तर्फ अगाडि बढाउने , कृषिलाई व्यबसायिक र आम्दानिमुलक बनाउनेमा आफ्नो भुमिका रहने उनले बताएका छन् ।
त्यस्तै गरि कोइरालाको प्लानलमा महिला सदस्यमा भिमा कुमारी तुक्बाहाम्फे दलित महिला तर्फ चम्पामाया वि.क , खुल्ला सदस्यमा दुर्गा बहादुर खत्री र कृष्ण कुमार राई रहेका छन्
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments