म्यादी प्रहरीमा भर्ना हुन युवाको आर्कषण
- चैत्र ७, २०७८ मा प्रकाशित
संखुवासभा: सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै म्यादी प्रहरीमा भर्ना हुन युवाको आकर्षण बढेको छ । छोटो अवधिका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि संखुवासभामा पनि युवाकाे भिड लाग्न थालेको छ । म्यादी प्रहरीमा जागिर खानका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय संखुवासभामा बिहान ९ बजेदेखि नै लाइनमा बस्नेहरूको भिड हुन्छ । शैक्षिक प्रमाणपत्र भए पनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि युवा तँछाडमछाड गरिरहेका छन् ।
स्थानीय निर्वाचनका लागि संखुवासभामा ९४४ संख्या माग भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । म्यादी प्रहरीका लागि आइतबारबाट भर्ना सुरु गरिएको डिएसपी सुवेदीले बताए ।
९४४ म्यादी प्रहरीका भर्ना हुन लागि बिहान ९ बजेदेखि नै युवायुवती भिड लाग्ने गरेको उनले बताए । बेरोजगारी भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका- ४ का जितमा गुरुङले बताए । घरमा बेरोगार भएर बस्नुभन्दा छोटो अवधिका म्यादी बन्न आवेदन दिएको गुरुङले बताए ।
कोरोाना कारण बैदेशिक रोजगारमा जान सक्ने अवस्था नभएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको खाँदबारी नगरपालिका -११ का सीताराम गुरुङले बताए । उनी गत वर्ष बैदेशिक रोजगारबाट फर्किएपछि आफु बेरोजगार भएको म्यादी प्रहरीका भर्ना हुने आएको उनले बताए ।
त्यस्तै बेरोजगार समस्या र अनुभवका लागि म्यादी प्रहरीमा भर्ना हुन आएको चिचिला गाउँपालिका-१ कि जानुका राईले बताइन् । पढाई खर्च जुटाउन म्यादी प्रहरीमा हुन आएको मकालु गाउँपालिका गाउँपालिका-४ बैधेकी अनिता तामाङले बताइन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments