•  ३ आश्विन २०८१, बिहीबार
  •  4:13:20 AM

यात्रुको चाप बढेसँगै सौर्य एयरलायन्सले उडानको संख्यामा वृद्धि

- फाल्गुन ८, २०७८ मा प्रकाशित



इटहरी,  कोरोना भाइरसको तेस्रो भेरियन्ट कारण हवाई सेवा प्रदायक कम्पनीहरुले कटौती गरेकाविभिन्न रुटमा सञ्चालन हुदै आएको उडानलाइ थप गर्न थालेका छन ।   कोरोनाकाकारण चौतर्फी असर परिरहेको समयमा हवाई सेवा प्रदायक कम्पनीहरुले समेत यात्रुको चाप घटेसंगै उडान तालिका घटाएका थिए ।

   संक्रमणको दर घट्न थाले संगै जनजिवन केही सामान्य बनेको कुरा लाइ मध्यजनर गर्दै हवाई सेवा प्रदायक कम्पनीहरुले उडान तालिकाहरु थप गरेर यात्रुहरुले सेवा दिन थालेकाहुन । यस क्रममा सौर्य एयरलायन्सले बम्बारडियर कम्पनीको सीआरजे २०० जहाज मार्फत गर्दै आएको उडानको संख्यालाइ वृद्धि गरेको छ ।

कोरोना काकारण यात्रुहरुको चापपनि घटेको साथै स्वास्थ्य सुरक्षाका दृष्टिकोणले समेत उडान घटाएकोमा संक्रमण न्युनबन्दै गएको  सामान्य बनेपछि उडान तालिका थप गरिएको समेत सौर्य एयर लायन्सका माकेटिङ प्रमुख मुकेश खनालले जानकारी दिनुभयो ।

 सौर्य एयरलायन्सले शनिवारबाट विभिन्न रुटको उडान तालिका परिवर्तन गरी थप गरेको पछि विराटनगर काठमाडौं रुटमा दैनिक तीन वटा उडान प्रारम्भ गरेको सौर्यका बिराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । भएको छ । त्यसै गरी काठमाडौं – भद्रपुर– काठमाडौं, काठमाडौं –भैरहवा– काठमाडौं र काठमाडौं –धनगढी– काठमाडौंको नियमित उडान पनि हाललाइ दुइ दुइ वटा बनाएको छ । जेट इन्जिन भएका कारण अन्य जहाज भन्दा कम समयमा नै यात्रागर्न सकिने सौर्य एयरलायन्सले निकट भविष्यमा नै काठमाडौं –नेपालगंज– काठमाडौंको उडान समेत सुरु गर्ने जनाइएको छ ।

सौर्य एयरलायन्सले शनिवारबाट विभिन्न रुटको उडान तालिका परिवर्तन गरी थप गरेको पछि विराटनगर काठमाडौं रुटमा दैनिक तीन वटा उडान प्रारम्भ गरेको सौर्यका बिराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

Comments

सम्बन्धित खवर