कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपमा सुरु
- फाल्गुन ३, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ । छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए । बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे पनि छलफल हुँदैछ । महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments