दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिंदै, यस्तो छ पूजा विधि
- आश्विन २१, २०८१ मा प्रकाशित
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
आज बिहान ०६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।
पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ ।
असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिए । दुर्गा पक्ष समेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१इटहरीमा नेपाल जेशीजकाे ५१औं महाधिवेशन : देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली
-
ताजा पुष ६, २०८१राप्रपाले पुष १३ गते इटहरीमा विराेध सभा गर्ने , प्रदेश खारेज मुख्य एजेन्डा
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
Comments