देशभर अझै ३० सडक अवरुद्ध, सञ्चालन भएकामा पनि सास्ती
- आश्विन २०, २०८१ मा प्रकाशित
काठमाडौं । गत साताको बविरल बर्षापछिको बाढी र पहिरोले अझै देशभर ३० सडक अवरुद्ध छन् । बीपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल मध्यपहाडी मार्ग, रवि राँके सडक, बेत्राबती मैलुङ सडकलगायत राजमार्ग र सडक विभिन्न खण्डमा अवरुद्ध भएका हुन् । देशभर ४२२ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।
नवलपरासीको दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा आएको छ । हिजो साँझ भासिएको सडक मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो ।
भासिएको ठाउँमा माटो र ढुङ्गाले भरेर सवारी चलाउँदा फेरि भासिने भएकाले एकतर्फी मात्र सञ्चालन गरिएको हो । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका–७ सितली नजिकै ज्यामिरेमा अवरुद्ध सडक एकतर्फी खुलाइएको छ । सडक खुलेसँगै यातायात सञ्चालनमा आएको छ । राजमार्ग यातायात भासिएपछि अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक खुलेपछि रामेछाप, ओखलढुंगा, सिन्धुली लगायतबाट वैकल्पिक राजमार्गबाट प्रयोग गरेका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रोकिएका कतिपय सवारी साधनले तामाकोशी गाउँपालिकाको जफे हुँदै किर्नेटार सडक प्रयोग गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक मर्मत गरेर दुईतर्फी खुलाउने प्रयास भइरहेको जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments