•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:08:27 AM

निर्मल पुर्जा र मिङ्मा शेर्पाले बनाए फेरी अर्काे कीर्तिमान , विना अक्सिजन १४ हिमाल चढे ( सुचि सहित )

- आश्विन २०, २०८१ मा प्रकाशित



इटहरी । कीर्तिमानी आरोही निर्मल (निम्स दाइ) पुर्जा र मिङ्माजी शेर्पाले अक्सिजन बिना नै विश्वका १४ हिमाल आरोहण गरेर नयाँ कीर्तिमान रचेका छन् । दुवै आरोहीले तिब्बती समयअनुसार शुक्रबार अपरान्ह ८ हजार २७ मिटर अग्लो शिशापाङ्ग्मा हिमाल बिना अक्सिजन सफल आरोहणपछि १४औं आरोहणको कीर्तिमानी बनाएका हुन् ।

आरोहण सफलतापछि पुर्जाले विना अक्सिजन १४  हिमालको आरोहण गरेर आफूहरु दुई जनाले पहिलो नेपाली रेकर्ड बनाएको जानकारी दिए । उनले विश्वलाई आफूहरुले एकता र स्वस्थ प्रतिस्पर्धाको शक्ति देखाएको बताएका छन् । उनीहरुले ८ हजार मिटर भन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विना अक्सिजन आरोहण गरिसकेका छन् । शिशापाङ्मा १४औं हिमाल हो ।

पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । विश्वकै अग्लो शिखर सगरमाथासहित संसारभरका ८ हजार मिटरमाथिका १४ वटा हिमालमा यो उनको ४९ औं आरोहण हो । उनीपछि दोस्रो स्थानमा सर्वाधिक ८ हजार मिटरभन्दा अग्ला हिमालमा सफल आरोहण गर्नेमा कामीरिता शेर्पा छन् ।

हिउँद याममा पहिलो पटक विश्वकै दोस्रो अग्लो हिमाल केटू तथा विश्वका १४ वटा अग्ला शिखर सबैभन्दा द्रुत गतिमा आरोहण गर्नेलगायत तीन दर्जन बढी रेकर्ड निम्स दाइका नाममा छन् । म्याग्दी मूल घर भई हाल बेलायतमा बस्दै आएका निम्स दाइ हाल नेपाली शेर्पा आरोहीसँगको साझेदारीमा इलाइट एक्सपिड नामको कम्पनीमार्फत पर्वतारोहण क्षेत्रमा कार्यरत छन् ।

अचेल उनी गाइड बिना ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्दै आइरहेका छन् । १६ वर्ष बेलायती सेनामा काम गरेका निम्स दाइले २०६९ पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६,११९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए । विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका निम्स दाइले अबको बाँकी जीवन हिमाल आरोहणमै समर्पण गर्ने र तत्काल विश्राम लिने योजना नरहेको बताए ।

कुन हिमाल कहिले चढे ?

अन्नपूर्ण, नेपाल, २३ अप्रिल

धौलागिरी, नेपाल, १२ मे

कञ्चनजंघा, नेपाल, १५ मे

सगरमाथा, नेपाल, २० मे

लोत्से, नेपाल, २२ मे

मकालु, नेपाल, २४ मे

नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई

गशरब्रुम १, पाकिस्तान, १५ जुलाई

गशरब्रुम २, पाकिस्तान, १८ जुलाई

केटू, पाकिस्तान, २४ जुलाई

ब्रोड पिक, २६ जुलाई

चो ओयू, चीन, २३ सेप्टेम्बर

मनास्लु, नेपाल, २७ सेप्टेम्बर

शिशापाङ्मा, चीन, २९ अक्टोबर

Comments

सम्बन्धित खवर