•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:10:03 PM

कहालीलाग्दो भ्रष्टाचारको दुष्चक्र : विकल पौडेल विरुद्ध पाँचौ मुद्दा

- आश्विन १५, २०८१ मा प्रकाशित



काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तात्कालिन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नीविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार रुपैयाँ जरिवाना माग सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टचारी ठहर भएर जेलमा रहेका पौडेल विरुद्धको यो पाँचौ मुद्दा हो ।

पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएकोले विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर गरेको विभागले विज्ञप्ति मार्फत जनाएको छ ।  यसअघि अख्तियारको अनुसन्धानले नै पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई विदेशी बैंकमा खाता खोलेको, घुस र कमिसनवापतको रकम सोही खातामा जम्मा गर्न लगाउने र श्रीमतीको नाममा पठाउने गरेको फेला पारेको थियो । अख्तियारले थप अनुसन्धान गर्न विभागमा पत्राचार गरेको थियो ।

यसअघि एक साता अघि ७ असोज २०८१ मा पौडेलविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धानले हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुन्डी कारोबार खुलेको थियो। अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी  एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

Comments

सम्बन्धित खवर