•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:12:38 PM

बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु

- आश्विन ४, २०८१ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफू ज्युँदो हुँदै फेरि  एक पटक कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने दावी गरेका छन् । गौतमले आफ्नो उद्देश्य नै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउने रहेकाले त्यसअनुरूप काम पनि गरिरहेको जिकिर गरेका छन् । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफूबाहेक अरुले भूमिका खेल्न नसक्ने पनि दाबी गरे ।

‘उहाँहरु शत्रुगत व्यवहारमा हुनुहुन्छ, म सबैसँग मित्रता नै राखिराखेको छु । म निहुँ खोजी–खोजी मित्र बन्छु । शत्रुवत व्यवहार गर्ने छैन । त्यसो भएर मैले नै त्यो काम गर्नसक्छु,’ उनले दावी गरे । आफ्नै जीवनकालमा त्यो परिस्थिति ल्याउन सके आफू अधमरा भएको समयमा पनि हाँस्ने गौतमले बताएका छन् । ‘मैले त्यही सङ्कल्प लिएर अगाडि बढिरहेको छु । मेरो सङ्कल्प अहिले पनि के हो भने म ज्युँदो हुँदै एक पटक पहिले जस्तै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्छु,’ उनले भने ।

Comments

सम्बन्धित खवर